ललितपुर । ललितपुरको सुनाकोठीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
लगनखेलबाट लेले चल्ने बा ४ ख ८६५० नम्बरको बस बस दुर्घटना हुँदा बाटो काट्ने क्रममा रहेका ७० वर्षिय रुकु कार्कीको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीटोली घटनास्थल पुगेर अनुसन्धान कार्य थालेको छ ।
स्थानीयले मृतकको लाशलाई उठाउन दिएका छैनन् । बसका चालक र सहचालक अहिले फरार रहेको प्रहरीको भनाई छ ।







