२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रवासीलाई लगानी भित्र्याउन मन्त्री थापाको आग्रह

अ+ अ-

म्याग्दी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले लगानी भित्र्याउन प्रवासीहरुलाई आग्रह गरेकी छन् । अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा मङ्गलबार प्रवासी नेपाली म्याग्देली सङ्घ (मोना) अन्तरराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन तथा पाँचौँ साधारणसभाको उद्घाटन गर्दै उनले लगानी भित्र्याउन आग्रह गरेका हुन् ।

“स्थिर सरकार भएकाले नेपालमा लगानीको वातावरण बनेको छ”, मन्त्री थापाले भनिन्, “विदेशमा आर्जेको सीप, पूँजी र प्रविधिलाई स्वदेशमा भित्र्याएर राष्ट्र निर्माणमा योगदान गर्नुहोस ।” उत्पादनमुलक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन सरकारले अनुकूल नीतिगत व्यवस्था र वातावरण बनाएको मन्त्री थापाको भनाइ थियो । पूर्वाधार तयार र लगानीको सुरक्षा गर्न सरकार सक्षम भएको बताइन्।

जिल्लाको जलविद्युत्, पर्यटन, व्यावसायिक कृषि र पशुपालन क्षेत्रमा लगानी गर्न प्रशस्त सम्भावना भएको उनले बताइन् । सरकारले स्वदेशमै रोजगारी सिर्जना गरेर कामको खोजीमा विदेशिनुपर्ने बाध्यता हटाउन प्रधानमन्त्री रोजगारलाई निरन्तरता दिएको र वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन खोजेको उनले बताइन् ।

संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सचिव हरिकृष्ण श्रेष्ठ, नेपाली काङ्ग्रेसका सभापति खम्बिर गर्बुजा, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन र मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले सम्भावनाको क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

मोना रोजगारी, पेशा, व्यवसाय र अध्ययनको सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरुको साझा संस्था हो । तीन दिनसम्म चल्ने महाधिवेशनमा २० देशका डेढ सय प्रतिनिधि सहभागी भएका मोनाका अध्यक्ष चक्र थापाले बताए ।

यसैगरी विसं २०७५ साउनमा कालीगण्डकीमा आएको बाढीले बगाएको अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीको धवलागिरि आधारभूत विद्यालयलाई मोना जापानले रु दुई लाख आर्थिक सहयोग गरेको छ । मोनामार्फत जिल्लाको शिक्षा, स्वास्थ्य र सामाजिक तथा परोपकारी क्षेत्रमा सहयोग गर्दै आएका छन् । बेनी नगरपालिका, मोना र म्याग्दी उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय साझेदारीमा बेनीदेखि मायालुडाँडा जोड्ने पदमार्ग निर्माण गरिएको छ ।

यसैगरी समस्यामा परेका महिला तथा बालबालिकाको सहयोगका लागि रु एक करोडको कोष स्थापना गर्न अभियान चलाइएको छ । साथै ग्रामीण क्षेत्रका ४५ सामुदायिक विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गरिएको छ । प्रवासी म्याग्देलीको अगुवाइमा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजना निर्माणसमेत शुरु गरिएको छ । रासस