प्राधिकरणले फिर्ता माग्यो उपसचिवलाई दिएको सरकारी गाडी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्राधिकरणले फिर्ता माग्यो उपसचिवलाई दिएको सरकारी गाडी


१४ आश्विन २०७६, मंगलबार


काठमाडौँ । विशेष आर्थिक क्षेत्र प्राधिकरण(सेज)ले पूर्व कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टलाई तुरुन्त गाडी बुझाउन पत्र काटेको छ ।

कार्यकाल सकिएपछि पनि आफूले प्रयोग गर्दै आएको सरकारी गाडी लिएर गएका भट्टलाई प्राधिकरणको बा. २ झ १९४४ नम्बरको गाडी तथा अन्य सामानहरू बुझाउन पत्र पठाएको हो ।

‘तपाईँले प्रयोग गर्नु भएको विशेष आर्थिक क्षेत्र प्राधिकरणको बा.२ झ. १९४४ गाडी तथा तपाईँको जिम्मामा रहेका सामानहरू समेत बुझाउनु बाँकी देखिएकोले तुरुन्त बुझाई आवश्यक सहयोग गरिदिन हुन अनुरोध छ’ पत्रमा भनिएको छ ।

२०७६ असोज ६ गते कार्यकाल सकिएपछि साबिकको कार्यालयमा फर्किने निर्णयको पत्रसँगै ‘अर्को व्यवस्था नभएसम्मका लागि’ भन्दै प्राधिकरणले गाडी दिएको समाचार प्रशासन डटकमले प्रकाशन गरेको थियो ।

हेर्नुस पत्र 

र यो पनि,

उप सचिवलाई रमानासँगै सरकारी गाडी ‘उपहार’ !

Tags :
प्रतिक्रिया दिनुहोस