२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चाडपर्व विकृतिरहित ढङ्गले मनाऔँ : मुख्यमन्त्री पौडेल

अ+ अ-

हेटौँडा । प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले चाडवाड मनाउँदा विकृतिरहित ढङ्गले मनाउनुपर्ने बताएका छन् । उनले चाडपर्व सुसंस्कृत, विकृतिरहित मनाउँदा धर्म, संस्कृति तथा परम्पराको समेत संरक्षण हुने विश्वास व्यक्त गरेका छन् । संस्कृति र परम्पराको संरक्षण गरे पहिचानको संरक्षण हुने उनको भनाइ थियो ।

विजयादशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा जिल्ला समन्वय समिति मकवानपुरद्वारा आज आयोजित शुभकामना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सांस्कृतिक र धार्मिक हिसाबमा सम्पन्न रहेको बताए । उनले प्रदेश नं ३ सङ्घको राजधानी र देशको धार्मिक तथा सांस्कृतिक सम्पदाको समेत राजधानी रहेको उल्लेख गरे ।

मुख्यमन्त्री पौडेलले बहुधार्मिक, बहुसांस्कृतिक तथा बहुभाषिक राष्ट्र भए पनि एकअर्काबीच सद्भाव, सम्मान र समभावका कारण नेपाली–नेपालीबीचको बलियो एकता रहेको बताए । विजयादशमी, दीपावली, नेपालसंवत् तथा छठ पर्वका अवसरमा उनले देश तथा विदेशमा रहेका नेपालीप्रति शुभकामनासमेत व्यक्त गरे ।

कार्यक्रममा प्रतिनिधिसभा अर्थसमितिका सभापति कृष्णप्रसाद दाहाल, राष्ट्रिसभाका प्रत्यायोजन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारी, राष्ट्रियसभाका सदस्य रामचन्द्र राई, पूर्व जिल्ला सभापति तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य रामेश्वर राणा, संविधानसभा सदस्य अनन्त पौडेल, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, उपप्रमुख मीना लामा, प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, नेपाली सेना प्रदेश प्रमुख, प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतलगायतले विजयादशमीका अवसरमा शुभकामना आदान–प्रदान गरेका थिए ।