दशैंको तेस्रो दिन आज चन्द्रघण्टाको पुजा गरिंदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दशैंको तेस्रो दिन आज चन्द्रघण्टाको पुजा गरिंदै


१४ आश्विन २०७६, मंगलबार


काठमाडौं । आज बडादशैंको तेस्रो दिन चन्द्रघण्टाको पुजा गरिँदै छ । चन्द्रघण्टालार्य माता पार्वतीको अवतारको रुपमा मानि पुजाआजा गर्ने प्रचलन रहीआएको छ ।

देवीको यो स्वरुप परम शान्तिदायक र कल्याणकारी हुन्छ । उनको ध्यान गर्नाले हामीलाई पृथ्वीलोक र परलोक दुवैको लागि कल्याणकारी र सदगति प्राप्त हुन्छ ।

चन्द्रघण्टादेवीको शीरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुट घण्ट जस्तो देखिने हुँदा यी देवीलाई माता चन्द्रघण्टा भनिएको हो। चन्द्रघण्टादेवीको वदन वर्ण गुलाबी रङको रहेको शास्त्रहरुमा उल्लेख छ।

उनी क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी वृति नास गर्न र सज्जनको रक्षा गर्न यस लोकमा अवतरण गरेको श्रीमद्देवीभागवत लगायतका ग्रन्थमा उल्लेख छ।

माता चन्द्रघण्टा भवानीको पूजा आराधनाका लागि भक्तजन आज देवीमन्दिर चण्डीथान देउराली तथा घरघरमा देवीको आराधना गरी भक्तहरुले पूजन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस