काठमाडौं । नेपाल र अष्ट्रेलियाबीच हवाई सम्झौता भएको छ । मंगलबार क्यानडाको मन्ट्रियल स्थित अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रधान कार्यालयमा द्विपक्षीय सम्झौता भएको हो ।
पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य र अष्ट्रेलियन प्रतिनिधिमण्डलको तर्फबाट संघीय पूर्वाधार, यातायात, शहरी एवं क्षेत्रीय मन्त्रालयका कार्यकारी निर्देशक जिम होल्फले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।







