२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महासचिव गुटरेसद्वारा नेपालको प्रशंसा, सगरमाथा संवादमा भागलिन निमन्त्रणा

अ+ अ-

न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले नेपालको सामाजिक, आर्थिक विकासमा साझेदारी गर्न राष्ट्रसङ्घ प्रतिबद्ध रहेको बताएका छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सोमबार राष्ट्रसङ्घको प्रधान कार्यालयमा भएको भेटवार्तामा महासचिव गुटरेसले नेपालको शान्ति, स्थायित्व र लोकतान्त्रिक रुपान्तरणको खुलेर प्रसंशा गर्दै शान्ति, प्रगति र समृद्धिको कामना पनि गरेका हुन् ।

मन्त्री ज्ञवालीले आगामी चैतमा हुने सगरमाथा संवादमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट महासविच गुटरेसलाई निमन्त्रणापत्र हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री ओलीबाट प्राप्त निमन्त्रणाप्रति आभार व्यक्त गर्दै महासचिवले त्यसको सकारात्मक जवाफ दिएका हुन् ।

परराष्ट्रमन्त्रीले राजनीतिक स्थायित्व प्राप्तिसँगै नेपाल समाजिक, आर्थिक विकासको बाटोमा अग्रसर भएको जानकारी दिँदै दिगो विकासको लक्ष्य हासिल गर्न नेपाल सरकार लागिपरेको बताए। उनले दिगो विकास हासिल गर्न स्रोत र साधनको अभाव रहे पनि लक्ष्य हासिल गरेरै छाड्ने नेपालको दृढता रहेको बताए ।

दिगो विकास र शान्ति, जलवायु परिवर्तनजस्ता गम्भीर मुद्दाले नेपालजस्ता पर्वतीय मुलुक तथा साना टापु राष्ट्र असमानुपातिक प्रभाव घटाउन डटेर लागेको जानकारी दिए । मन्त्री ज्ञवालीले राष्ट्रसङ्घसँग निरन्तर सहकार्य र साझेदारी गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालको प्रगतिका निम्ति राष्ट्रसङ्घबाट भएको योगदानको सराहना गरे।

उनले विश्वव्यापी स्वास्थ्य सरोकार, दिगो विकासका लागि उच्चस्तरीय राजनीतिक मञ्च, विकासका लागि लगानी, सहश्राब्दी विकास लक्ष्यको अद्यावधिक मूल्याङ्कन, विकासका लागि लगानी, जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय बैठक आयोजना गरेकोमा महासचिवप्रति हार्दिक आभार व्यक्त गर्दै ती कार्यमा नेपालको सहकार्य रहने विश्वास दिलाए।

भेटमा राष्ट्रसङ्घका उपमहासचिव तथा राष्ट्रसङ्घीय शान्ति कार्य विभागका प्रमुख जाँ पिएरे लाक्रवा र शान्ति कार्य सञ्चालन विभागका प्रमुख अतुल खरे, संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि अमृतबहादुर राई, परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्यालसहित स्थायी नियोगका वरिष्ठ अधिकारी सहभागी थिए ।

‘ब्रेन गेन इनिसिएटिभ’

यसैबीच मन्त्री ज्ञवालीले इलिनोइ राज्यको राजधानी शिकागोमा यही असोज १२ गते त्यहाँ रहेका अमेरिकी तथा नेपाली विद्वत वर्गसँगको भेलालाई सम्बोधन गर्दै उनीहरूको ज्ञान, सीप र पूँजीलाई नेपालको विकासमा उपयोग गर्न आह्वान गरेका छन्। परराष्ट्र मन्त्रालयले विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपाली तथा ती देशहरुका विभिन्न विधाका ख्यातिप्राप्त व्यक्तित्व÷विज्ञको ज्ञान, सीप र पूँजीको उपयोग गर्न स्थापना गरेको ब्रेन गेन सेन्टरअन्तर्गतको ब्रेन गेन इनिसिएटिभ कार्यान्वयनमा नेपाललाई सघाउन अनुरोध गरेका हु्न्।

शिक्षा, स्वास्थ्य, सूचना तथा सञ्चार प्रविधि, कृषि विज्ञ, वैज्ञानिक, इञ्जिनीयर, चिकित्सक, प्राध्यापकलगायत करीब ७०० को सूची आफ्नो मन्त्रालयले ब्रेन गेन इनिसिएटिभमा समाहित गरेको जानकारी दिँदै ती विज्ञहरुको विधागत विज्ञताअनुसार नेपालमा स्वयंसेवाका लागि आग्रह गरिएको उनले बताए ।

अधिकांश अमेरिकी र नेपालीलाई नेपालमा लैजाने आफ्नो प्रयास, आगामी चैतमा नेपालले आयोजना गर्न लागेको सगरमाथा संवादबारे समेत जानकारी दिँदै मन्त्री ज्ञवालीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणालाई मूर्तरुप दिन भेलाका सहभागीलाई आह्वान गरे । उनले स्वयंसेवाका लागि नेपाल आउने ती विषयविज्ञलाई परराष्ट्र मन्त्रालयले समन्वयका साथै हरतरहले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

ब्रेन गेन इनिसिएटिभअन्तर्गत पहिलो चरणमा अमेरिकाबाट २० देखि २५ जना नेपालको शिक्षा क्षेत्रमा सघाउन तयार भएका छन् । निकट भविष्यमा उनीहरुले विभिन्न जिल्लाका ग्रामीण भेगमा स्वयंसेवकका रुपमा अध्यापन÷तालीम दिनेछन् ।