चार हजारभन्दा बढी निजामती कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

चार हजारभन्दा बढी निजामती कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण


१४ आश्विन २०७६, मंगलबार


कर्मचारी

काठमाडौ । आर्थिक वर्ष २०७५/०७६ मा करीब चार हजारभन्दा बढी निजामती कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् ।

राष्ट्रिय किताबखाना (निजामती)का निर्देशक राजेन्द्र पराजुलीले चार हजार २९८ जना कर्मचारीले सम्पत्ति विवरण नबुझाएको जानकारी दिएका छन्।

आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउने समयसीमा तोकिए पनि सबै कर्मचारीले विवरण बुझाएनन् ।

भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा ५० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले आर्थिक वर्ष शुरु भएको ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारका नाममा रहेको सम्पत्तिको विवरण बुझाउनुपर्ने व्यवस्था छ ।

निर्देशक पराजुलीले अझ एक महीना विशेष परिस्थतिका लागि सम्पत्ति विवरण बुझाउन समय दिइएको बताएका छन् । गत वर्ष ८४ हजार ४०० कर्मचारीले सम्पत्ति विवरण बुझाएका थिए ।

ऐनअनुसार सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच हजार जरिवाना गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस