सभामुख महराले सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सभामुख महराले सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप


१४ आश्विन २०७६, मंगलबार


काठमाडौँ । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लागेको छ।

संसद सचिवालयमा काम गर्ने एक महिला कर्मचारीले महरामाथि आफ्नै कोठामा आएर बलात्कार गरेको आरोप लगाएकी हुन् ।

आइतबार राति महरा आफ्नो डेरामा आएर मादिरा सेवन पछि जबरजस्ती करणी गरेको ती कर्मचारीको आरोप छ । ती कर्मचारीका अनुशार सभामुख महराले कुटपिटसमेत गरेको बताएकी छिन् ।

घटनाबारे राति नै प्रहरीलाई खबर भएको र घटनास्थल पुगी विवरण लिएको प्रहरी अधिकारीले जनाएको छ । यसबारे गृह मन्त्रालयसमेत छलफल भएको छ ।

घटना बाहिर आएपछि सभामुख महराको नीजि सचिवालयले उनीमाथि लागेको आरोपको खण्डन गरेको छ । महराका प्रेस सल्लाहकारी डिल्ली मल्लले समाचारको खण्डन गर्दै सबै आरोप कपोकल्पित भएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस