२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दैनिक दुई हजार नेपाली घर फर्किंदै

अ+ अ-

भीमदत्तनगर । दशैँ, तिहार, छठ लगायतका चाडपर्व मनाउन भारतको विभिन्न ठाउँमा मजदुरी गर्न गएका नेपाली नागरिक कञ्चनपुरको गड्डाचौकी नाका भएर घर फर्किन थालेका छन् । विगत वर्ष झैँ घरपरिवारसित चाडपर्व मनाउन भारतमा रोजगारी र अध्ययनका लागि गएका हजारौँ नेपाली गड्डाचौकीनाका भएर घर फर्किरहेका छन् ।

सुदूरपश्चिम प्रदेशका नागरिकको रोजगारीको प्रमुख गन्तव्य भारत हो । चाडपर्व र खेतीपाती गरेर यहाँका हजारौँ युवा भारतका विभिन्न शहरमा रोजगारीका लागि जाने गर्दछन् । भारतबाट घर फर्किने क्रम बढेसँगै बस, अटो र ई–रिक्सा चालक यात्रु ओसार्न सक्रिय छन् । “छोरा÷छोरी घरपरिवारसित दशैँ मनाउन १५ दिनको बिदा लिएर आएँ”, गड्डाचौकी नाकामा भेटिएका बैतडीका गोरख चन्दले भने, “चाडपर्व परिवारसित भेटघाटको एउटा बहाना पनि हो ।” उनले आफू १७ वर्षदेखि भारतको दिल्लीमा काम गर्दै आएको बताए । “पहिलेको भन्दा अहिले अटो, बस, ई–रिक्सामा यो नाकाबाट आवतजावत गर्न सहज महसुस गरेँ”, उनले भने, “भारतीय बसपार्कमा घर फर्किने नेपालीको अत्यधिक चाप छ ।”

इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी सहायक निरीक्षक राजु ठकुराठीले दैनिक दुई हजारभन्दा बढी नेपाली चाडपर्व मनाउन घर फर्किरहेको बताए । “हिजोअस्तिभन्दा यात्रु आउने क्रम बढ्दै गएको छ”, उनले भने, “यात्रुको सहजता र सुविधाका लागि सुरक्षा सतर्कता बढाएका छौँ ।” उनले चाडपर्वलाई लक्ष्य गरी एक साताअघि गड्डाचौकीमा स्थापना गरिएको नागरिक सहायता कक्षमा दुई नेपाली लुटिएर आएको जानकारी प्राप्त भएको बताए ।

“पहिलेको भन्दा लुटपाट तथा टेम्पो, रिक्सावालाको अराजगक गतिविधि कम छ”, उनले भने, “यात्रुबाट बढी रकम असुल्नेलाई कारवाहीको दायरामा ल्याउँछौँ ।” उहाँले सीमावर्ती भारतीय शहर बनबासा बजारमा यात्रुले बढी हैरानी खेप्नु परेको बताए । “सीमा क्षेत्रमा अहिले संयुक्त यात्रु सहायता कक्ष भएकाले धेरै सहज भएको छ”, चन्दले भने ।

नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले यात्रुको पीरमर्का बुझेर समाधान गर्न संयुक्त नागरिक सहायता कक्ष स्थापना गरेका छन् । “पहिले अटो र रिक्सा चालकले यात्रुबाट बढी रकम असुल्ने र दुःख दिने गरेका थिए”, संयुक्त सहायता कक्षमा भेटिएका एसएसबीका जवान केवी सिंहले भने, “अहिले सहायता कक्ष खुलेपछि बढी भाडा लिने क्रम ह्वात्तै घटेको छ ।” उनले केही व्यक्तिले बढी भाडा असुलेको खबर यात्रुले सहायता कक्षमा जानकारी गराएको जानकारी दिए । सुदूरपश्चिम प्रदेशबाट झण्डै डेढ लाख मानिस रोजगारीका लागि भारत गएको तथ्याङ्क छ । विसं २०६८ सालको जनगणनाअनुसार भारतमा रहेका सुदूरपश्चिम प्रदेशका दुई लाख ६६ हजार ६७३ नागरिकमध्ये करीब ७०।१४ प्रतिशत रोजगारीका लागि गएको तथ्याङ्क छ । रासस