२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विषालु च्याउ खाँदा सर्लाहीमा एकै परिवारका १२ बिरामी

अ+ अ-

सर्लाही । विषालु च्याउ खाँदा सर्लाहीको ईश्वरपुर नगरपालिकाका एकै परिवारका १२ सदस्य बिरामी परेका छन् । जङ्गलबाट ल्याएको च्याउ आइतबार राति पकाएर खाँदा ईश्वरपुर–११ भलुवाई बृजकुमार माझीका पूरै परिवार बिरामी परेको प्रहरीले जनाएको छ ।

बिरामी पर्नेमा माझीका ५५ वर्षीया श्रीमती राजकुमारी माझी, ३२ वर्षीय छोरा पल्टु माझी, २८ वर्षीय बुहारी सविता माझी, छ वर्षीया नातिनी रिन्कु माझी, ४ वर्षीय नाति अविनाश माझी, ३१ वर्षीय माइला छोरा बिल्टु माझी, उनकी २७ वर्षीया श्रीमती अञ्जुदेवी माझी, बिल्टुका १० वर्षीय छोरा अमित माझी, पाँच वर्षीया छोरी प्रियङ्का माझी र तीन वर्षीया छोरी मेनुका माझी रहेको प्रहरीले जनाएको छ ।

बिरामी भएका बृजकुमार माझीलाई स्थानीयवासी अमृत हेल्थ केयर बयलबासमा उपचारपश्चात् घर पठाइएको छ भने बाँकी ११ लाई आइतबार राति उपचारका लागि जनकपुर पठाइएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए ।

बिरामी परेकाहरुको आर्थिक स्थिति कमजोर रहेका कारण वडा कार्यालय र प्रहरीको सहयोगमा बिरामी परेकालाई जनकपुर पठाइएको प्रहरी नायब उपरीक्षक राठौरले बताए ।