काठमाडौं । नेपाल आज खुला दिसा मुक्त घोषणा गरिँदै छ । खुला दिसा मुक्तको मानक पुरा गरेर नेपाल दक्षिण एसियामै पहिलो खुलादिसामुक्त देश हुने भएको हो ।
आज मध्यान्ह राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसा मुक्त घोषणा गर्ने छन् ।
खानेपानी तथा सरसफाई मन्त्रालयका अनुसार खुला दिसामुक्त घोषणा कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको छ । तर घोषणासभाको पहिलो सेसनमा विभिन्न कार्यक्रमका साथै साँकृतिक कार्यक्रम प्रदर्शनी बिहान १० बजेदेखिनै हुने छन ।
कार्यक्रममा सातै प्रदेशका मुख्यमन्त्री जिल्ला समन्वयसमिति तथा स्थानीय तहका जनप्रतिनिधिहरुको पनि उपस्थिति रहने छ ।







