डोटीमा यात्रु सहायता कक्षको स्थापना « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

डोटीमा यात्रु सहायता कक्षको स्थापना


१२ आश्विन २०७६, आइतबार


डोटी । ट्राफिक प्रहरी कार्यालय दिपायलले यात्रुहरूको सुविधाका लागि डोटीको प्रमुख बजार पिप्ला बजारमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ ।

आइतबार एक कार्यक्रमका बिच डोटीका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले कक्षको उद्घाटन गरेका हुन् । प्रमुख जिल्ला अधिकारी पौडेलले यात्रुहरूको गुनासा र समस्याको सम्बोधनका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको बताए । उनले भने सहायता कक्षा स्थापना भएको छ यसको भरपुर मात्रामा उपयोग होस यात्रुहरूको सुरक्षित यात्रामा सहयोग पुगोस् ।

सहायता कक्ष उद्घाटनमा बोल्दै जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलीप सिंह देउवाले नागरिक तथा यात्रुहरूको समस्या समाधानका लागि सहयोगी बन्ने बताए । उनले भने हामीले नागरिक तथा यात्रु सहायता कक्ष स्थापना गरेका छौ कुनै यात्रुलाई केही समस्या आई परे सहायता कक्षामा पठाउनुहोस् वा आउनुहोस् ।

कार्यक्रमै डोटीका विभिन्न ग्रामीण क्षेत्रमा सुरक्षित तरिकाले ट्राफिक नियमको पालना गरी गाडी चलाउने उदाहरणीय बन्न सफल केही चालकहरूलाई टिका मालाले सम्मान समेत गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस