२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गढीमाई मन्दिरको संरक्षण र सम्बर्धनका लागि राज्यको ध्यान जान जरुरी छ : राष्ट्रपति

अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गढीमाई मन्दिरको उचित संरक्षण एवं सम्बर्धनका लागि राज्यको ध्यान जान जरुरी रहेको बताएकी छन् ।

गढीमाई पञ्चवर्षीय मेलाको शोभायात्रा तथा समुद्घाटन कार्यक्रमलाई टेलिफोनमार्फत सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले गढीमाई नेपालीका लागि मात्र नभई विश्व मानचित्रमा अङ्कित भइसकेको हुँदा यसको विकासका लागि सबै अग्रसर हुनुपर्नेमा जोड दिइन् ।

खराब मौसमका कारण पूर्वनिर्धारित कार्यक्रममा उपस्थित हुन नसकेपछि टेलिफोन सम्बोधनमार्फत राष्ट्रपति भण्डारीले मेलालाई सभ्य, भव्य र स्वच्छ रुपमा मनाउन सबैलाई आग्रह गरिन् । सहमति, सहकार्य र एकताको मिलनविन्दुलाई शिरोधार्य गर्दै विवाद रहितरुपमा मेला सम्पन्न गर्न सबैको सहयोग, समर्थन हुने विश्वास उनले व्यक्त गरिन् ।

गढीमाई मन्दिर आफैँमा ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्व बोकेको हुँदा यसको पहिचान विश्वसामु अझै परिचित गराउन कुनै कसर बाँकी राख्न नहुने बताइन् । गढीमाई मन्दिर क्षेत्रमा एउटा सुविधासम्पन्न अस्पतालको आवश्यकता रहेको हुँदा यसका लागि आफूले सक्दो सहयोग गर्ने पनि राष्ट्रपति भण्डारीले बताइन् ।

मन्दिर दर्शनका लागि आउने भक्तजनको सुविधाका लागि सुलभ शौचालय, शुद्ध खानेपानी, बिजुलीबत्ती र सडक यथाशीघ्र निर्माण गर्न आफूले पहल गरिरहेको पनि राष्ट्रपति भण्डारीले जानकारी दिइन् ।

राष्ट्रपतिले कृषिका लागि सिंचाइ, डुबान नियन्त्रण गर्नका लागि अल्पकालीन र दीर्घकालीन व्यवस्था गरिनुपर्ने बताउँदै बारा जिल्लामा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र जलजङ्गललाई प्राथमिकताका साथ अगाडि बढाउन सके अर्थतन्त्रमा पनि यसले फड्को मार्ने विश्वास व्यक्त गरिन् । बाराको बरियारपुरमा आगामी मङ्सिरमा गढीमाई मेला लाग्दैछ ।