बन्दरगाहमा ५५ जना यात्रु बोकेको डुङ्गा बेपत्ता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बन्दरगाहमा ५५ जना यात्रु बोकेको डुङ्गा बेपत्ता


१२ आश्विन २०७६, आइतबार


एडेन, यमन । हिन्द महासागरको पूर्वी तटीय बन्दरगाहमा ५५ जना यात्रु बोकेको डुङ्गा बेपत्ता भएको छ ।

यमनका स्थानीय अधिकारीहरुले डुङ्गा हराएको शनिबार पुष्टि गरेको समाचारमा जनाइएको छ ।

राज्यद्वारा संचालित सवा समाचार संस्थाले संप्रेषण गरेको समाचारमा ५५ जना यात्रु सहित एउटा डुङ्गा बेपत्ता भएको सूचना आफूहरुले प्राप्त गरेको सरकारी अधिकारीहरुले जनाएको उल्लेख गरेको छ ।

उनीहरुका अनुसार सोकोट्रा टापुतर्फ जादै गरेको बेला डुङ्गा बेपत्ता भएको हो । अधिकारीहरुले वेपत्ता भएका यात्रु र डुङ्गाको खोजी भइरहेको बताएका छन् ।रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस