काठमाडौं । जागिरको खोजीमा भारत पुगेका एक नेपाली युवकको मृत्यु भएको छ । अर्घाखाँचीको मालारानी गाउँपालिका– बाँगी भण्डार गौरा घर भएका १९ वर्षीय विवश कुँवरको मृत्यु भएको जनाइएको छ ।
पारिवारिक स्रोतका अनुसार हरियाणा राज्यको फरिदाबादमा मामासँग बस्दै आएका विवश होटेलमा काम गर्थे । उनलाई एक सातादेखि ज्वरो आएको थियो । घरको छतमा निस्केको बेला रिंगटा लागरेर बेहोस भएका विवशलाई मेट्रो अस्पताल पुर्याईएको थियो । अस्पताल पुग्दा उनलाई चिकित्सकले मृत घोषणा गरेको पारिवारिक स्रातले जनाएको छ ।
विवशको शव परिवारलाई जिम्मा लगाइसकेको जनाइएको छ ।







