दुर्घटना नगराउने चालक सम्मानित हुने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

दुर्घटना नगराउने चालक सम्मानित हुने


१२ आश्विन २०७६, आइतबार


काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले दुर्घटना नगराउने चालकलाई सम्मान गर्ने भएको छ ।

नेपालीहरुको महान पर्व दशैं नजिकिँदै लाग्दा ट्राफिक महाशाखाले हालसम्म दुर्घटना नगराएका सवारी चालकलाई सम्मान गर्न लागेको हो ।

महाशाखाले दुर्घटना न्यूनीकरणका लागि सन्देश दिने गरी आज बिहान ७ जना चालकलाई प्रमाणपत्र र पुरस्कारसहित सम्मान गर्दै छ । सम्ममान पाउनेमा विशेषगरी लामो दूरीका सवारी चालक रहेका छन् ।

बसपार्कमा आयोजना गरिने कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि उपस्थित हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस