काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालबाट चर्चामा आएका ज्ञानेन्द्र शाहीमाथि शनिबार दिउँसो भरतपुरमा आक्रमण भएको छ ।
आफूलाई भ्रष्टाचारको अभियन्ता बताउने शाहीले चौबिसकोठी चौतारोमा कार्यक्रम गर्न खोज्दै गर्दा कार्यक्रम सुरू हुनु अघि नै उनी बसेको ग्लोबल होटलमा आक्रमण भएको हो । शाहीको टाउको तथा खुट्टामा चोट लागेको छ।
उनको भरतपुरस्थित चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।
केही दिनअघि नेपालगञ्जबाट काठमाडौँ आउने क्रममा पर्यटनमन्त्री योगेश भट्टराईका कारण जहाज ढिला गरेको भन्दै अभद्र व्यवहार गरेपछि उनको चौतर्फि चर्को विरोध भएको थियो।
सत्तारूढ दल निकट युवा विद्यार्थीले उनलाई कार्यक्रम गर्न नदिने बताउँदै आएका छन्। आक्रमण गर्ने व्यक्तिको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।







