काठमाडौँ । नेपाल क्रिकेट सङ्घ(क्यान)को अध्यक्षमा चतुर बहादुर चन्द ४४ मत ल्याई विजयी भएका छन् ।
चन्दले ४४ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी विनयराज पाण्डेले १५ मत ल्याएका थिए ।
४ पदाधिकारीसहित १७ जनाको कार्यसमिति रहेको क्यान निर्वाचनमा ५९ जनाले मतदान गरेका थिए ।
उपाध्यक्षमा राजु बाबु श्रेष्ठ ४१ मतसहित विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी मिङ्मा डुन्डु शेर्पा १७ मत प्राप्त गरी पराजित भएका छन् । त्यसै गरी महासचिवमा अशोक नाथ प्याकुरेल ४३ मत ल्याई विजयी भएका छन् भने प्रतिस्पर्धी विनोद मैनालीले १५ मत मात्रै पाए। ४५ मतसहित कोषाध्यक्षमा रोशन सिंह निर्वाचित भए। उनका प्रतिस्पर्धी उपेन्द्र प्रसाद भट्टराईले १२ मत प्राप्त गरेका थिए।
साढे तीन वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा निलम्बन रहेको क्यानले शनिवार नयाँ नेतृत्व पाएको हो।







