गाउँघरमा चिकित्सक : चार सय लाभान्वित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गाउँघरमा चिकित्सक : चार सय लाभान्वित


११ आश्विन २०७६, शनिबार


बैतडी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा गाउँघरमा चिकित्सक कार्यक्रमअन्तर्गत दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । दुर्गममा चिकित्सकको सेवा प्रदान गर्ने उद्देश्यले बैतडीको पञ्चेश्वर स्वास्थ्यचौकीमा बिहीबारदेखि सञ्चालन भएको कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।

कार्यक्रमबाट ३ सय ८७ जनाले स्वास्थ्य सेवा लिएका छन् । गाउँघरमा चिकित्सक कार्यक्रमअन्तर्गत सञ्चालन भएको शिविरमा ८० गर्भवती महिलाको ‘अल्ट्रासाउण्ड’ गरिएको छ भने २७९ ले सामान्य स्वास्थ्य परीक्षण गराएका छन् । शिविरमा २२ जनाले प्रयोगशाला र २० जनाले परिवार नियोजन सेवा लिएका थिए।

दुर्गम क्षेत्रका नागरिक चिकित्सकको सेवा पाउनबाट वञ्चित भएकाले उनीहरुलाई एकै ठाउँमा विभिन्न सेवा प्रदान गर्न गाउँघरमा चिकित्सक कार्यक्रम सञ्चालन गरिएको हो । प्रत्येक महीनाको एक दिन पालिकाका दुर्गम स्वास्थ्यचौकीमा यो कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

दुर्गममा डाक्टरको सेवा उपलब्ध भएपछि स्थानीय खुशी भएका छन् । शिविरमा पाटन प्राथमिक स्वास्थ्य केन्द्रका डा रोसना छुँकालगायतका स्वास्थ्यकर्मीले सेवा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस