तीन एआईजीको सरुवा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

तीन एआईजीको सरुवा


९ आश्विन २०७६, बिहिबार


काठमाडौं । नेपाल प्रहरीका तीन अतिरिक्‍त महानिरीक्षक (एआईजी) को सरुवा भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले एआईजी सरुवाको निर्णय गरेको हो ।

पुष्कर कार्कीलाई कार्य तथा अपराध अनुसन्धान विभाग, ठूले राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र धिरु बस्नेतलाई मानवस्रोत एवं प्रशासन विभागमा दरबन्दी राखेर राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा काजमा राख्ने निर्णय भएको हो ।

यसअघि एआईजी कार्की प्रहरी प्रशिक्षण प्रतिष्ठानमा, ठूले राई मानव स्रोत एवं प्रशासन विभागमा र बस्नेत अपराध अनुसन्धान विभागमा थिए ।

प्रतिक्रिया दिनुहोस