बालिका यौन दुर्व्यवहार गर्ने ७० वर्षीय खुसीलाललाई ३ महिना कैद « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बालिका यौन दुर्व्यवहार गर्ने ७० वर्षीय खुसीलाललाई ३ महिना कैद


५ आश्विन २०७६, आइतबार


सप्तरी । जिल्ला अदालत सप्तरीले बालिकासँग यौन दुव्र्यवहार गरेको कसुरमा ७० वर्षीय वृद्धलाई आज कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहको इजलाशले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बर्साइनका खुशीलाल रजकलाई कैद र जरिवानाको फैसला गरेको अदालतले जनाएको छ ।

अभियुक्त रजकलाई तीन महीना कैद र रु ३० हजार जरिवानाको फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार दीलकुमार बर्देवाले बताइन् । अदालतको फैसलामा भनिएको छ, ‘मुलुकी अपराध संहिता २०७४ को दफा १२४ (१) र (२) को कसूर गरेको देखिँदा सोही ऐनको दफा १२४ (३) बमोजिम आरोपितलाई तीन महीना कैद र ३० हजार जरिवाना हुने ठहर्छ ।’

रजकमाथि बाटामा हिँडिरहेकी किशोरीलाई गत भदौ ७ गते घरभित्र लगेर हातपात गरी यौन दुव्र्यवहार गरेको आरोप छ । पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा २०७५ भदौ ८ गते उजुरी दिएपछि प्रहरीले पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सोही दिन स्वास्थ्य परीक्षण गरी अनुसन्धान अगाडि बढाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस