अमेरिकामा गोली चल्दा दुईको मृत्यु नौ घाइते « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अमेरिकामा गोली चल्दा दुईको मृत्यु नौ घाइते


५ आश्विन २०७६, आइतबार


काठमाडौं । अमेरिको साउथ क्यारोलिना राज्यमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार शनिबार राति २ः४५ मिनेटको समयमा साउथ क्यारोलिनाको लानकाष्टरस्थित हाइवे ५२१ सडक नजिकै रहेको वल्ड स्कूल स्पोर्ट्स बार र ग्रिल अन वल्ड चार्लोटीमा आपसी विवादपछि गोली चलेको अधिकारीहरुले जनाएको छ ।

अमेरिकी सुरक्षा अधिकारीहरुका अनुसार घटनामा अन्य नौ जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थामा रहेका चार जनालाई हेलिकोप्टरमार्फत नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ। गोली क्लबभित्र र क्लब परिसर बाहिरसमेत चलेको जनाइएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस