कपडा उद्योगमा भीषण आगलागी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कपडा उद्योगमा भीषण आगलागी


५ आश्विन २०७६, आइतबार


काठमाडौं । भक्तपुरको सुर्यविनायक नगरपालिका–२ बालकोट स्थित दुर्गा कपडा रिफाइनरी उद्योगमा आगलागी भएको छ। आइतबार बिहान ५ बजे कोही नभएको अवस्थामा आगो लागेको प्रहरीले बताएको छ ।

स्थानीय दुर्गाप्रसाद चौलागाईंद्वारा सञ्चालित पुराना कपडाबाट रुवा बनाउने सो उद्योगमा आगो सल्किए पछि कारखाना भित्र रहेका ग्यास सिलिन्डर विस्फोट भएर आगोले बिकराल रूप लिएको थियो।

जुद्ध वारूण यन्त्रका चारवटा दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिने काम भइरहेको छ। आगलागीबाट कारखानामा रहेका मेसिन औजार र सामान जलेर नष्ट भएका छन्। आगलागीबाट करिब ३० लाखको धनमाल क्षति भएको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस