२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कानून पालना गराउन सरकार कठोर हुने : मन्त्री ढकाल

अ+ अ-

काठमाडौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संसद्ले बनाएका कानून पालना गर्न र गराउन सरकार कठोर हुने बताएका छन् । संविधान दिवसका अवसरमा आज यहाँ आयोजित वृक्षरोपण तथा वृक्षसिञ्चन कार्यक्रममा मन्त्री ढकालले सार्वभौम सम्पन्न संसद्ले निर्माण गरेको संविधानअनुसार सबै प्रक्रियामा सहभागी भई संविधान दिवस नमनाउने राजनीतिक दलमाथि जनताले प्रश्न उठाउने बताए ।

हालसम्म ३३६ कानून निर्माण भएको बताउँदै उनले मौलिक हकमा शिक्षा, स्वास्थ्य, रोजगारीलगायत विभिन्न अधिकारको व्यवस्था गरिएको जानकारी गराए ।

सांसद राजेन्द्र केसीले विभिन्न कालखण्डमा संविधान निर्माण गरिएको भए पनि त्यसले जनअधिकार संरक्षण गर्न नसकेका कारण जनप्रतिनिधिले बनाएको संविधान ल्याउनु परेको विचार व्यक्त गरे ।

अर्का सांसद कृष्णगोपाल श्रेष्ठले संविधान दिवस नमान्ने दल नैतिकरुपमा सरकारबाट अलग हुनुपर्ने बताउँदै त्यस्ता नेताले सरकारी भत्ता लिन नहुने बताए ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मुलुकलाई समृद्ध बनाउन महानगरपालिकाले कृषि, पर्यटन, पूर्वाधार विकासलगायत क्षेत्रमा कार्यक्रम ल्याउन लागेको बताए ।

काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर वैद्य, नेपाली काङ्ग्रेस निकट ट्रेड युनियन सङ्गठनका कोषाध्यक्ष मोहन बस्नेतले बल्खुदेखि कीर्तिपुर गेटसम्म रोपिएका बिरुवाले हरियाली र स्वच्छ वातावरण कायम गर्ने विश्वास व्यक्त गए । नागरिक लगानी कोष, लक्ष्मी बैंक र सिद्धार्थ बैंकको आर्थिक सहयोगमा ती बिरुवा रोपिएको हो । रासस