तीन हजार छ सय प्रहरीको दरबन्दी थप्न सिफारिस « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

तीन हजार छ सय प्रहरीको दरबन्दी थप्न सिफारिस


४ आश्विन २०७६, शनिबार


काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६ सय दरबन्दी थप्न सिफारिस गरेको छ । ३ प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) र २ उपरीक्षक (एसपी) सहित ३ हजार ५ सय ९६ दरबन्दी थपको प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेस गरिएको हो । नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी ‘संगठन तथा व्इवस्थापन सर्वेक्षण’ (ओएनएम) नबनाई गृहले दरबन्दी थप्न प्रस्ताव गरेको हो ।

गृहमन्त्री रामबहादुर थापाले स्वीकृत गरेको उक्त प्रस्ताव गृहसचिव प्रेमकुमार राईले मुख्यसचिव लोकदर्शन रेग्मीसमक्ष पेस गरेका छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट दरबन्दी थपको प्रस्ताव स्वीकृत हुने गृहका एक अधिकारीले जानकारी दिए ।

पछिल्लो अभिलेखअनुसार प्रहरीमा प्राविधिक र गैरप्राविधिकतर्फ ७५ हजार ९ सय २७ को दरबन्दी रहेकामा करिब ४ हजारको पदपूर्ति हुन सकेको छैन । कायम दरबन्दीमै पदपूर्ति नभएका बेला गृहले प्रहरी संख्या बढाउने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको हो,  समाचार कान्तिपुर दैनिकमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस