करेन्ट लागेर एक मजदूरको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

करेन्ट लागेर एक मजदूरको मृत्यु


३ आश्विन २०७६, शुक्रबार


गलेश्वर । म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा घर निर्माणको क्रममा करेन्ट लागेर एक मजदूरको मृत्यु भएको छ ।

दोलखा जिल्ला शैलुङ गाउँपालिका ३ निवासी २६ वर्षीय पेमा तामाङको आज बाबियाचौरमा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

स्थानीय दिलकुमारी विकको घर निर्माणको क्रममा बिहान फलामको रड उठाउने क्रममा खुला बिजुलीको तारमा ठोक्किँदा तामाङलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ध्रुवप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार बिहान ९ः३० बजेको समयमा करेन्ट लागेर ढलेका तामाङलाइ उपचारका लागि बेनी अस्पताल ल्याइएको थियो ।

गम्भीर अवस्थामा रहेका तामाङलाई बेनी अस्पतालले मृत घोषणा गरेको सूचना अधिकारी शर्माले जानकारी दिए । मृतक तामाङको शव परीक्षणका लागि शवगृहमा राखिएको छ । परीक्षणपछि आफन्तलाई शव बुझाइने जनाइएको छ । मृतक तामाङ साउन १५ गतेदेखि दिलकुमारीको घर बनाउने काममा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस