काभ्रे । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेर ७ वटा हेलिकोप्टर काभ्रेका विभिन्न ठाउँमा आकस्मिक अवतरण गराइएका छन्।
काभ्रेको पाँचखाल र नेपालथोकमा ७ वटा हेलिकप्टर आकस्मिक अवतरण गरिएको काभ्रे प्रहरीले जनाएको छ।
मनाङ्ग एयरको २ वटा हेलिकोप्टर र सिम्रिक र कैलाश एयरको एक हेलिकोप्टर काभ्रेको पाँचखालमा अवतरण गरिएको प्रहरीले जनाएको छ।
हेलिकोप्टर कहाँबाट आएको र कति यात्रु रहेको बारे अहिले थाहा नभएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै काभ्रेकै नेपाल थोकमा तीन वटा हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ।
प्रहरीले थप विवरण आउन बाँकी रहेको जनाएको छ।







