२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच महिनाकी गर्भवती दश दिनदेखि बेपत्ता

अ+ अ-

पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङ माइती भई म्याग्दीको बेनी नगरपालिका वडा नं ८ मा बिहेबारी गरेकी एक गर्भवती विगत १० दिनदेखि बेपत्ता भएकी छिन् ।

स्थानीय शङ्कर रत्नकी १८ वर्षीया पाँच महिनाकी गर्भवती मनिषा रत्न परियार भदौ १८ गते रातिदेखि म्याग्दी सदरमुकाम बेनी बजारमा रहेको घरबाटै बेपत्ता भएकी हुन् । भदौ १२ गते हरितालिका तीजका लागि माइतीमा आएकी परियार स्वास्थ्यमा समस्या देखिएपछि १८ गते घर फर्किएकी थिइन् । घर फर्किएको साँझ ७ः३० बजेदेखि सम्पर्कविहीन भएको उनका श्रीमान् शङ्कर रत्नले जानकारी दिए।

माइत आएकी छोरीलाई पेट दुख्ने, स्वास फेर्न गाह्रो हुने समस्या देखिएपछि मनिषाकी आमा सिर्जना र ठूलो बाबु विकास परियारले १८ गते साँझ ५ बजे घर पु¥याएर फर्किएका थिए । आफू फर्किएर पाङ आइपुगेपछि छोरीको स्वास्थ्य अवस्था बुझ्न राति ७ः३० बजेको समयमा फोन गर्दा श्रीमान्ले उठाएको र त्यसपछि साँझदेखि नै छोरी सम्पर्कमा नआएको सिर्जनाले बताए।

उहाँका अनुसार घरमा पटकपटक छोरीलाई मानसिक यातना दिने गरेको र भदौ १५ गते दर खाँदाको दिन राति श्रीमान् शङ्करले फोन गरेर गाली गरेको आरोप छ । मनिषाले चार वर्षअघि भागेर शङ्करसँग प्रेम विवाह गरेको बताइएको छ । राति खाना खाएपछि घरबाट कपडा सिलाउनका लागि निक्किएको स्थानीयले बताउने गरेको प्रहरीले जनाएको छ ।

यता जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेपत्ता बनेकी मनिषाको खोजीकार्य भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बेपत्ता महिलाको खोजी कार्य तीव्र पारिएको भए पनि अहिलेसम्म कुनै पत्ता नलागेको जानकारी दिनुभयो । उहाँले घरपरिवारलाई बोलाएर सोधपुछ गर्नेदेखि लिएर सम्भावित सबै ठाउँमा खोजी गर्दा पनि पत्ता लगाउन नसकिएको र खोजीकार्य अझै जारी रहेको बताए । रासस