चन्द्रागिरि मेयर कप राष्ट्रिय शिन क्युकोशिन प्रतियोगिता सुरु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चन्द्रागिरि मेयर कप राष्ट्रिय शिन क्युकोशिन प्रतियोगिता सुरु


२७ भाद्र २०७६, शुक्रबार


काठमाडौँ ।चन्द्रागिरि नगरपालिकाको गुर्जुधारामा शुक्रवारदेखि दोस्रो चन्द्रागिरि मेयर कप तथा दसौँ राष्ट्रिय शिन क्युकोशिन प्रतियोगिता सुरु भएको छ।

प्रदेश नं। ३ का प्रदेश सभा सभामुख माननीय सानुकुमार श्रेष्ठले कार्यक्रमको समुद्घाटन गरेका छन् ।

नेपाल शिन क्युकोशिन कराँते सङ्घ, शाखा गुर्जुधाराद्वारा आयोजित उक्त कार्यक्रममा सभामुख श्रेष्ठले विश्वमा आफूलाई चिनाउन सकिने एउटा दरिलो माध्यम खेलकुद भएकोले यसलाई स्वस्थ र मर्यादित बनाउनु आजको प्रमुख आवश्यकता रहेको बताए छन्।

उद्घाटन समारोहमा प्रदेश नं। ३ का प्रदेश सभा सदस्य बेलिमाया घलेले खेलकुद क्षेत्रमा हुने विभिन्न राजनैतिक हस्तक्षेपलाई रोकेर स्वच्छ रूपमा देशको विकासका लागी उपयोग गर्नुपर्ने बताए।

महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले खेलकुदले खेलाडीमा शारीरिक फाइदा मात्रै नभएर अनुशासन समेत सिकाउने भएकाले खेलकुदका माध्यमबाट समाज परिवर्तन गर्न सहयोग मिल्ने बताए।

खेलकुदले विभिन्न किसिमका दुर्व्यसनमा रहेका बालबालिकाहरूलाई कुलतबाट बचाउनरछुट्टाउन समेत सक्ने हुनाले बालबालिकालाई खेलकुदमा लाग्न उत्प्रेरित गर्न डिएसपी थापाले जोड दिए।

प्रतियोगितामा देशका २२ वटा जिल्लाबाट १७५ जना खेलाडीले सहभागिता रहेको छ। उक्त प्रतियोगिताको समापन भोलि शनिवार चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले गर्नुहुने कार्यक्रम रहेको आयोजक संस्थाका अध्यक्ष विक्रम नकर्मीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस