२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालन

अ+ अ-

पोखरा । मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालनमा आएको छ । विसं २०७० देखि बन्द भएको सो विमानस्थलमा गण्डकी प्रदेश सरकारको पहलमा आज समिट एयरको विमान अवतरण गरेको हो ।

प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, प्रतिनिधिसभाका सांसद पोल्देन गुरुङलगायत समिट एयरको विमानबाट हुम्डे विमानस्थलमा अवतरण गरेका थिए ।

सो अवसरमा मुख्यमन्त्री गुरुङले विमानस्थल नियमितरुपमा सञ्चालन गर्नका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

असोज महीनाको १० गते अन्तरराष्ट्रिय पर्यटन दिवसबाट विमानस्थल नियमित उडान गराउने प्रदेश सरकारले तयारी गरिरहेको जानकारी दिँदै उनले यसले हिमाली क्षेत्रका स्थानीय बासिन्दाका साथै पर्यटन प्रवर्द्धनमासमेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

मन्त्री लम्सालले पर्यटनसँग सम्बन्धित निकायसँग सहकार्य गरी मनाङमा पर्यटन प्रवर्द्धनमा जोड दिइनेछ भने । सांसद गुरुङले परीक्षण उडानले मनाङवासीमा उत्साह थपेको बताउँदै पर्यटन आवागमनको मौसममा नियमित उडान गर्नुपर्नेमा जोड दिए ।

विसं २०३९ मा निर्माण सम्पन्न गरी सञ्चालनमा आएको ९०० मिटर लम्बाइको धावनमार्ग रहेको सो विमानस्थल २०७० सालमा कालोपत्र गरिएको थियो ।

एघार हजार १४५ फिट उचाइको हुम्डे विमानस्थल विश्वको १८औँ अग्लो स्थानमा रहेको विमानस्थल हो ।