गोलढुंगामा गोली चल्यो, गुन्डा नाइके साजन गुरुङ घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गोलढुंगामा गोली चल्यो, गुन्डा नाइके साजन गुरुङ घाइते


२७ भाद्र २०७६, शुक्रबार


काठमाडौं । काठमाडौंको गोलढुंगामा गोली चलेको छ। प्रहरीलाई मार्छु भन्दै हिँड्ने गुन्डा नाइके साजन गुरूङले प्रहरीमाथि गोली प्रहार गरेपछि प्रहरीले पनि जवाफी फायर गरेको हो।

गोली लागी गुरूङ घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको छ। गुरुङलाई उपचारका लागि वीर अस्पताल लगिएको छ।

अपराध महाशाखाको टोलीले उनलाई प्रकाउ गर्न खोज्दा गुरुङले गोली चलाएका थिए। यसपछि मात्र प्रहरीले गोली चलाएको महाशाखाले जानकारी दिएको छ। घटनास्थलबाट प्रहरीले एक पेस्तोल र सोको गोली २ राउन्ड गोली बरामद गरेको छ।

 

प्रतिक्रिया दिनुहोस