२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशी बुहारीलाई सात र ज्वाइँलाई १५ वर्षमा नागरिकता !

अ+ अ-

काठमाडौं । विदेशी बुहारीलाई बिहेको सात वर्षपछि मात्र वैवाहित अंगीकृत नागरिकता दिइने भएको छ । त्यसअघि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी वैवाहिक नेपाली परिचयपत्र दिइनेछ ।

सरकार र राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता सम्बन्धी विधेयकमा सरकारको आधिकारिक धारणा मागेपछि गृहमन्त्री थापाले जवाफ दिन शुक्रबार समिति बैठकमा जवाफ दिएका हुन् । उनले सरकारले ल्याएको विधेयकमा जे लेखिएको छ त्यो नै सरकारको धारणा भएको भन्दै विधेयक परिमार्जन गर्ने र सच्चाउने काम जनप्रतिनिधि र समितिलाई अधिकार भएको बताए ।

उनले नागरिकताको विषय नेपालमा मात्रै नभएर अन्य देशमा पनि निकै संम्बेदनशील हुने गरेको बताए ।‘ नेपालको सन्र्दभमा पनि कयौँ सन्धी सम्झौताका कारण खुला सीमाना छ । भारतसँग हाम्रो खुला सीमाना र विशेष सम्बन्ध पनि छ । यसले गर्दा पनि नेपालमा नागरिकताको विषय संवेदनशील बन्दै आएको छ,’ गृहमन्त्री थापाले जवाफ दिए ।

उनले नागरिकता ऐन पञ्चायतकालबाटै नागरिकताको बहस चल्दै आएको र विभिन्न ऐनहरु बनाइएको बताए । ‘त्यही ऐनमा टेकेर अहिले हामीले ल्याएको २०६३ को नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक ल्याएको हो ।

किनभने त्यसमा केही त्रुटिहरु रहेका थिए,’ गृहमन्त्री थापाले भने, ‘खुला सीमानाका कारणले दोहोरो नागरिकता लिने देखिए । यसले हाम्रो राष्ट्रियताको सुरक्षा र विकाससँग सम्बन्धित प्रश्नमा ठूलो असर गरेकाले दोहोरो नागरिकता नहोस् भनेर विधेयक ल्याइएको छ ।’

गृहमन्त्री थापाले विवाहीत अंगीकृत नागरिकताका विषयमा पहिला विदेशको नागरिकता त्यागेको निस्सा ल्याउनुपर्ने प्रावधान भएपनि त्यो नल्याएपनि नागरिकता पाउने व्यवस्था रहिआएको र त्यसले दोहोरो नागरिकता लिन सजिलो बनाएकाले त्यसलाई सच्चाउन अनिवार्य रुपमा विदेशी महिलाले नेपालीसँग विवाह गरेर आएपछि ६ महिनाभित्र त्यहाँको नागरिकता त्यागेको निस्सा अनिवार्य ल्याउनुपर्ने भनेर संशोधन गर्न लागिएको प्रष्ट पारे ।