रोल्पामा गएको पहिरोमा परेर एकै घरका ६ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रोल्पामा गएको पहिरोमा परेर एकै घरका ६ जनाको मृत्यु


२७ भाद्र २०७६, शुक्रबार


रोल्पा। रोल्पाको थवाङ गाउँपालिका छेर्लाबाङमा गएराति गएको भीषण पहिरोमा परी ६ जनाको मृत्यु भएको छ।

पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी चित्रबहादुर गुरुङले बताए।

मृत्यु हुनेमा थवाङ-२ की २८ वर्षीय फिरकुमारी बुढा र उनका ४ वर्षीय छोरा असल बुढा छन्।

यसैगरी अर्को परिवारका जय बुढा, मूलज्योति बुढा, दिविष्टि बुढा र तिरङ बुढा छन्।

छेर्लाबाङ एक हप्तादेखि पानी परिहेको थियो। निरन्तर पानी परेसँगै बिहीबार राति पहिरो गएर ठूलो क्षति भएको प्रहरीले जनाएको छ।

पहिरोका कारण कमल बुढाको घर र ३ वटा गोठमा पूर्ण रुपमा क्षति पुगेको थबाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीले जानकारी दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस