वृद्धि भयो सामाजिक सुरक्षा भत्ता, कसको कति पुग्यो ? - प्रशासन प्रशासन

वृद्धि भयो सामाजिक सुरक्षा भत्ता, कसको कति पुग्यो ?


प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार १५:२२

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को बजेटमा घोषणा गरेअनुसार जेष्ठ नागरिकदेखि सबै प्रकारका सामाजिक सुरक्षा भत्ता बढाएको छ । अर्थ मन्त्रालयले बढेको सामाजिक सुरक्षा भत्ताको दर तय गरी राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागलाई उपलब्ध गराएको छ ।

चौमासिक रुपमा प्रदान गरिने यस्तो भत्ताको पहिलो किस्ता १ असोजमा वितरण हुन्छ । सोही प्रयोजनका लागि विभागले उक्त दरको विवरण स्थानीय सरकारहरुलाई उपलब्ध गराएको छ ।

सामाजिक सुरक्षा भत्ताका लागि अर्थले आवश्यक रकम विभागमा दिन्छ भने विभागमार्फत स्थानीय तहबाटै वितरण हुन्छ । चालु आवको बजेटले जेष्ठ नागरिकले मासिक पाउँदै आएको भत्ता १ हजारबाट २ हजार पुर्‍‍याएको थियो । ७० वर्ष पूरा भएका जेष्ठ नागरिकले १ हजार रुपैयाँ मासिक उपचार खर्च पनि पाउँछन् । यसरी ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकको मासिक भत्ता ३ हजार पुगेको छ ।

६० वर्ष नाघेका जेष्ठ नागरिक र ६० वर्ष नाघेका देशभरका तोकिएका दलित समूदायका नागरिकलाई राज्यले सामाजिक सुरक्षा उपलब्ध गराउँदै आएको छ ।

नयाँ सामाजिक सुरक्षा भत्ता दर

Tags:

प्रतिक्रिया दिनुहोस