लुम्बिनीमा मङ्सिर १ देखि न्यूज फेस्टिभल हुने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लुम्बिनीमा मङ्सिर १ देखि न्यूज फेस्टिभल हुने


२७ भाद्र २०७६, शुक्रबार


लुम्बिनी । लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल पार्नका लागि आगामी मङ्सिर १, २ र ३ गते यहाँ न्यूज फेस्टिभल गरिने भएको छ ।

लुम्बिनी प्रेस क्लबको आयोजनामा हुने सो फेस्टिभलमा नेपालका विभिन्न राष्ट्रिय पत्रिकाका सम्पादक, टिभी, रेडियो तथा अनलाइनका सम्पादकहरु तथा नेपालस्थित अन्तरराष्ट्रिय मिडियाका प्रतिनिधिहरुको सहभागिता रहने क्लबका अध्यक्ष दिपेश पछाईंले बताए।

लुम्बिनी वर्ष २०७६ र नेपाल भ्रमण वर्षको सन्दर्भ पारेर हुन लागेको कार्यक्रममा ‘मोफसल’को समग्र पत्रकारिता, संघीयतामा प्रेसको संरचना, पर्यटन प्रवर्द्धनमा पत्रकारको भूमिका , समाचारका विषय, लेखन र साहित्य , कलाको विषयमा नेपालमा अग्रज पत्रकार,सम्पादक, लेखक, संवाददाता सहभागी भएर बहसको सृजना गर्नुको साथै कार्यक्रमले मोफसलको पत्रकारितालाई उचाइ प्रदान गर्ने विश्वास लिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस