रुकुममा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु - प्रशासन प्रशासन
prasaLogo
२६ भाद्र २०७६, बिहीबार

रुकुममा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु


प्रकाशित मिति : 12 September, 2019 9:48 am

रुकुम । मुसीकोट नगरपालिका– १० स्थित चुनमा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु भएको छ ।

बुधबार बेलुकी ५ः३० बजेको समयमा बाटो माथिबाट आएको पहिरोमा पुरिएर स्थानीय डिलबहादुर विककी छोरी १२ वर्षीया डिलमाया विक र सोही ठाउँकी रणबहादुर कामीकी छोरी १० वर्षीया सावित्री विकको मृत्यु भएको हो ।

विद्यालयबाट घर फर्किने क्रममा बाटो माथिबाट आएको पहिरोमा पुरिएर दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस