२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाहिर अपराध गरेर नेपालमा लुक्छु भन्ने नसोचे हुन्छ, नियन्त्रणको संयन्त्र बनिसक्यो : महानिरीक्षक खनाल

अ+ अ-

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बाहिर अपराध गरेर लुक्छु भनेर नेपालमा आउने अपराधीहरुको योजना सफल नहुने बताएका छन् ।
। महानगरीय प्रहरी परिसर, महानगरीय अपराध नियन्त्रण महाशाखा र नेपाल पुलिस क्लबको बहुउद्देश्यीय भवन शिलान्यासपछि आज पुलिस क्लबमा आयोजित समारोहमा उनले विदेशी अपराधीहरु अब प्रहरीको नजरबाट भाग्न नसक्ने दावी गरे ।

‘बाहिर अपराध गरेर लुक्न आउन सम्भव छैन, हामीले नियन्त्रणको संयन्त्र बनाइसकेका छौँ, विमानस्थलमा वा नभए जहाँ पनि प्रहरीले समात्छ, पक्राउ गरिरहेको पनि छ, कानूनको दायरामा आउन र सुध्रनका लागि आए हुन्छ’, प्रहरी महानिरीक्षक खनालले भने ।

उनले विदेशबाट आएका अपराधीहरु विमानस्थलमा, भाग्दाभाग्दै र अपराध गर्दागर्दै समातिएको भन्दै प्रहरी अपराध नियन्त्रणमा चुस्त भएर लागेको जिकिर गरे । भूकम्पका कारण हनुमानढोकाका प्रहरी रातारात टेकु गएर पानी, घाम, हावाहुरीको परवाह नगरी जनताको सेवामा तल्लीन भएको स्मरण गर्दै प्रहरी महानिरीक्षक खनालले विभिन्न आरोहअवरोहबीच प्रहरी कर्मचारीले राष्ट्रप्रति देखाएको समर्पणभावको प्रशंसा गरे ।

अहिले बन्न लागेका भवनहरु बालबालिका, अपाङ्गता भएका र नागरिकमैत्री तथा काठमाडौँको आवश्यकता पूर्ति हुने खालको बन्ने उल्लेख गरे। उनले समयमै निर्माण सम्पन्न नगर्ने र गुणस्तरमा ध्यान नदिने ठेकेदार या जोकोहीलाई पनि कारवाही गर्ने भन्दै सबै प्रहरी अधिकृतहरुको ध्यानाकर्षण गराए ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले शिलान्याससँगै भौतिक पूर्वाधारको दयनीय अवस्थाबाट माथि उठ्ने प्रयास शुरु भएकाले भवन निर्माणपछि प्रहरीको सेवा थप चुस्त हुने विश्वास व्यक्त गरे।

भवनको बारेमा जानकारी दिँदै नेपाल प्रहरीको भौतिक पूर्वाधार निर्देशनालय प्रमुख प्रहरी नायब महानिरीक्षक लोकेशचन्द्र सिंहले १५ रोपनीमा महानगरीय प्रहरी परिसर, नौ रोपनीमा महानगरीय अपराध नियन्त्रण महाशाखाको भवन निर्माण हुने र नेपाल पुलिस क्लबको आधुनिक समयअनुसारको बहुउद्देश्यीय भवन निर्माण हुने जानकारी दिए । यसमा ७५० क्षमताको अडिटोरियम हलसमेत निर्माण गरिनेछ । प्रहरीका अन्य भवनसमेत सुविधायुक्त बनाउने उनले जानकारी दिए ।