२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालले युएईलाई १६० रनले हरायो

अ+ अ-

काठमाडौं । एसिसी यु १९ एसिया कपको खेलमा नेपालले युएईलाई १६० रनले हराएको छ। २८६ रनको लक्ष्य पछ्याएको युएईले ३४.४ ओभरमा १२५ रन बनाउँदा सबै विकेट गुमाएको हो।

नेपालको बलिङसामु युएईका ब्याट्सम्यान सम्हालिन नसक्दा नेपालले ठूलो अन्तरको जित पाएको हो। नेपालको ब्याटिङ पनि यसअघिमा दुई खेलमा भन्दा राम्रो रह्यो।

बलिङमा सागर ढकालले ३ विकेट लिए। यस्तै पवन सर्राफ, सूर्य तामाङले र रसिद खानले २र२ साथै कमल सिंह ऐरीले १ विकेट लिए।

श्रीलंकाको कटुनाएकेमा भएको खेलमा युएईका सयद हैदरले ४१ बलमा १५ रन, विरित्ते अरविन्दले ३४ बलमा २८ रन, अलिशन सरफुले २६ बलमा २१ रन, ओसामा हसनले २८ बलमा १६ रन बनाए।

यसअघि युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेपालको ओपनिङमा रित गौतम र पवन सर्राफ रन नबनाई आउट भएका थिए। त्यसबाट दबाबमा परेको नेपाली ब्याटिङ आसिफ शेख र रोहित पौडेलले केही उकासेका थिए।

आसिफले ५४ बलमा ४५ रन, रोहितले ८३ बलमा ६७ रन, सन्दीपले ५३ बलमा ४८ रन, रसिदले ४६ बलमा ४४ रन साथै कमलले २५ बलमा ४१ रन बनाए। यस्तै कुशल मल्लले २१ बलमा २२ रन बनाए। नेपालले निर्धारित ५० ओभर पूरा खेलेर ९ विकेट जाँदा २८५ रन बनाएको थियो।

युएईका आकाश ताहिरले ३, सन्चित शर्माले ३, कार्तिक पालानियाप्पनले २ साथै रिसब मुखर्जीले १ विकेट लिएका थिए। नेपाल पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले हारेको नेपाल समूह चरणको अन्तिम खेलमा भने जित निकाल्न सफल भएको हो।