नेकपा नेताको गाडीमा आगजनी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेकपा नेताको गाडीमा आगजनी


२४ भाद्र २०७६, मंगलबार


कैलाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थानीय नेताको घरमा राखिएको स्कारपियो गाडीमा आगजनी भएको छ ।

घोडाघोडी नगरपालिका-१ सुन्दरपुरका नेकपा स्थानीय नेता गौरी प्रसाद जोशीको घरमा पार्किङ गरी राखिएको बा ९ च ६५९७ नम्बरको स्कारपियो गाडीमा आगजनी गरिएको हो ।

इलाका प्रहरी कार्यालय सुखडका अनुसार गए राति करिब १२ बजेतिर अज्ञात समूहद्वारा आगजनी गरिएको हो ।  आगजनीबाट गाडीको अगाडीको भाग जलेर क्षति भएको छ । छिमेकी र घरका अन्य सदस्यको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

जोशी तत्कालीन माओवादीका केन्द्रीय सदस्य थिए। अज्ञात समूहले आगजनी गरेको गाडी पनि तत्कालीन माओवादीकै नाममा रहेको खुलेको छ । गाडीमा आगजनी हुँदा नेता जोशी घरमा नरहेको प्रहरीले बताएको छ।

घटनामा संलग्नहरूको खोजी भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस