सञ्चार क्षेत्र राज्यबाट सुरक्षित छ : मन्त्री अर्याल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सञ्चार क्षेत्र राज्यबाट सुरक्षित छ : मन्त्री अर्याल


२३ भाद्र २०७६, सोमबार


स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सञ्चार क्षेत्र राज्यबाट असुरक्षित नभएको बताएका छन् ।

रेडियो स्याङ्जाको दशौँं वार्षिकोत्सव एवं स्याङ्जा टेलिभिजनको शुभारम्भ कार्यक्रममा उनले मिडिया विधेकका विषयमा बाहिर टिकाटिप्पणी भएजस्तो गरी सरकारले विधेयक नल्याएकाले सरकारले सञ्चार क्षेत्रलाई अभिभावकत्व प्रदान गर्ने बताए ।

लोकतन्त्रको स्थापनाका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले भने, ‘मिडियालाई दबाउने भन्ने कुरा सरकारले सोच्न पनि सक्दैन् ।’ मन्त्री अर्यालले सञ्चार विधेक मिडियालाई नियन्त्रण गर्न नभइ नियमन गर्न ल्याइएको हुँदा यसबाट आत्तिनुनपर्ने बताए ।

आजभोलि सञ्चार माध्यामले छिटो समाचार सम्प्रेषण गर्ने नाममा गलत र तथ्यहीन समाचार सम्प्रेषण गर्दा मिडियाप्रति जनताको विश्वास घट्दै गएकाले धमिलिएको छवि सञ्चारमाध्यम एवं पत्रकारले बचाइ राख्नुपर्नेमा उनको जोड थियो ।

अबको समय आर्थिक समृद्धिको भएकाले गरीबी हटाउन सबै नागरिकलाई उत्पादनसँग जोड्नुपर्ने उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस