विप्लव समूहका एक कार्यकर्ता पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विप्लव समूहका एक कार्यकर्ता पक्राउ


२३ भाद्र २०७६, सोमबार


दमौली । नेत्रविक्रम चन्द समूहका एकजना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–४ बस्ने ४५ वर्षीय विलास परियार रहेका छन् ।

चन्द समूहका जिल्ला सदस्य परियारलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

परियारलाई प्रहरीले केही दिनदेखि पछ्याइरहेको थियो । ग १५ प २१७० नं को मोटरसाइकलमा दुलेगौँडाबाट पोखरातर्फ जाँदै गर्दा परियार शनिबार दुर्घटनामा परेका थिए ।

पोखरास्थित मणिपाल अस्पतालमा उपचार पश्चात् घर फर्किएका परियारलाई इलाका प्रहरी कार्यालय बेलचौताराको टोलीले पक्राउ गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस