करेन्ट लागेर महिलाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

करेन्ट लागेर महिलाको मृत्यु


२३ भाद्र २०७६, सोमबार


मध्यपुरथिमि । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सरस्वतीस्थान बस्ने ४६ वर्षीया नन्दकुमारी तिमल्सिनाको करेन्ट लागेर आज मृत्यु भएको छ ।

गोठमा गाईलाई घाँस दिने क्रममा भूइँमा लत्रिएको बिजुलीको करेन्ट भएको तार कुल्चिँदा करेन्ट लागेर मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

घटनास्थल पुगेको प्रहरी टोलीले शवको मुचुल्का गरी परीक्षणका लागि भक्तपुर अस्पताल पठाइको उनले बताए ।

प्रतिक्रिया दिनुहोस