२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक सुशासनदेखि पर्यावरण संरक्षणसम्म उत्साहप्रद काम : सेना

अ+ अ-

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेतृत्व गरेको एक वर्षमा नेपाली सेनामा नीतिगत र सङ्गठन सुधारका महत्वपूर्ण कार्यबाट सेनाको सकल दर्जामा आशा र उत्साह जागृत भएको छ । सङ्गठन भित्रका विकृति र विसङ्गतिलाई जरैदेखि हटाइ पारदर्शी र स्पष्ट आर्थिक सुशासन कायम गर्ने सन्दर्भमा यो अवधि निकै महत्वपूर्ण भएको बताइएको छ ।

सेनाले आर्थिक अनुशासनमा कडाइ गर्ने सिलसिलामा बजेटको सदुपयोग नगर्ने तथा आर्थिक सुशासन कायम नगर्ने जो कोहीलाई पनि कडा कारवाही गरिने नीति अबलम्वन गरेको छ । प्रधानसेनापति थापाले २०७५ भदौ २४ गतेदेखि नेपाली सेनाको नेतृत्व सम्हाल्दै आएका छन् ।

आर्थिक सुशासन कायम भएको सुनिश्चित गर्न र बजेटको सदुपयोगका सम्बन्धमा एकिन गर्न प्रधानसेनापतिबाट उच्चस्तरीय आन्तरिक समिति गठन गरी गत आर्थिक वर्षको बजेट सदुपयोग भए नभएको बारेमा प्रतिवेदन तयार गर्न पहल गरिएको छ ।

सात वटा लक्ष्य र १५१ कार्य समेटिएको ‘कमाण्ड मार्ग’ निर्देशन जारी गरी काम प्रारम्भ गरेका प्रधानसेनापति थापाले साङ्गठनिक शुद्धीकरण र आर्थिक अनियमिता रोक्न भ्रष्टाचारप्रति शून्य सहिष्णुताको नीति कार्यान्वयनलाई विशेष जोड दिएका छन् ।

सेनाले बजेट कार्यान्वयन गर्ने निकायबाट ठिक ढङ्गबाट कार्यसम्पादन भए नभएको परीक्षण गर्न टोली बनाइ अनुगमन निरीक्षणको थालनीका साथै बजेट आचारसंहिता र बजेट आन्तरिक निर्देशिका प्रकाशन गरी लागू गरेको जनाएको छ ।

पुराना बेरुजु फछ्र्यौट गर्न र आगामी दिनमा बेरुजु हुन नदिन उच्चस्तरीय समिति गठन गरी कार्य प्रारम्भ गरिएको, तालुकदार मन्त्रालयको बजेट सूचना प्रणालीसँग मेलखाने गरी बजेट सूचना प्रणाली कार्यान्वयनमा ल्याइएको सेनाले जनाएको छ ।

पद्धति र प्रणालीमा आधारित व्यवस्थापन स्थापित गर्न तथा शान्तिसेना, बढुवा र सरुवा नातावाद तथा कृपावादको अन्त्य गर्न पनि वर्तमान नेतृत्वले काम गरिरहेको छ । छलफलमा आधारित योजना र निर्णय लिने प्रणालीको विकास, सूचना प्रविधिमैत्री सङ्गठन, तोकिएको जिम्मेवारी समयमै पूरा गर्ने पद्धति, भर्ना छनोटलाई वैज्ञानिक र व्यवस्थित गर्ने विषयलाई प्राथमिकतामा राखेर सेनाले काम गरिरहेको छ ।

सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ तथा ‘एक नागरिक, एक फलफूल बिरुवा’को अवधारणालाई सार्थक तुल्याउन ‘भिजन २०३०’ र ‘एक जवान, एक फलफूलको बिरुवा’ कार्यक्रम अघि बढाइएको सेनाले स्पष्ट पारेको छ ।

यस्तै सेनाले हरेक ब्यारेकमा प्लाष्टिक प्रयोगलाई निरुत्साहित गर्ने र चुरे संरक्षणका क्षेत्रमा समेत काम गर्दै आएको छ । राष्ट्रिय सुरक्षामा सबैको साझा धारणाको विकास, ऐतिहासिक किल्ला र गढीको संरक्षण, प्रभावकारी गुनासो व्यवस्थापन, समानता र समतामा आधारित कल्याणकारी कार्यको थालनी, पर्यावरण संरक्षण र सुरक्षामा योगदान पनि वर्तमान सैनिक नेतृत्वबाट शुरु गरिएका नवीनतम् कार्य हुन ।

प्रधानसेनापति थापाको कार्यकालको एक वर्षमा शान्ति सेना छनौट निर्देशिका, वार्षिकोत्सव सञ्चालन कार्यविधि, सैनिक आचारसंहिता सङ्ग्रह, नेपाली सेनाको बजेट आचारसंहितालगायत करीब १५० भन्दा बढी विविध कार्यविधि, निर्देशिका, परिपत्र जारी गरी कार्यान्वयनमा ल्याइएको सेनाले जनाएको छ ।

राष्ट्रिय सुरक्षा नीति २०७५ जारी भएको, प्रतिरक्षा नीति मस्यौदा तयार भइरहेको, अबको सेना कस्तो हुने भन्ने परिकल्पना गरिएको र ‘नेपाली आर्मी भिजन सन् २०३०’ को मस्यौदा तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ ।

कमाण्ड प्रतिबद्धतालाई कुनै पनि कमाण्डरको वार्षिक कार्य सम्पादन मूल्याङ्कनसँग समेत जोडिने हुँदा कार्य सम्पादनमा अझै बढी निखारता आउने विश्वास गरिएको छ । सरकारले ल्याएको कार्यसम्पादन सम्झौता कार्यान्वयनमा ल्याएबाट सेनाले चालेको अवधारणालाई थप ऊर्जा मिलेको सेनाले जनाएको छ । रासस