पूर्वमन्त्री हिसिला यमी दुर्घटनामा घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पूर्वमन्त्री हिसिला यमी दुर्घटनामा घाइते


२३ भाद्र २०७६, सोमबार


काठमाडौं । पूर्वमन्त्री हिसिला यमी मोटरसाइकल दुर्घटनामा परेर घाइते भएकी छन्।

पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा समाजवादी पार्टी नेपालकी नेतृ यमी आइतबार दिउँसो दुर्घटनामा परेर घाइते भएको जनाइएको छ ।

पार्टी कार्यालय बालकुमारी जाँदै गर्दा बल्खु चोकमा स्कुटर दुर्घटनामा परेर घाइते भएकी उनको बिएण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।

उनको अवस्था सामान्य रहेको र २४ घण्टा डाक्टरको निगरानीमा रहेर डिस्चार्ज हुने पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस