चार अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री हुने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चार अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री हुने


२२ भाद्र २०७६, आइतबार


राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार रु चार अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको जानकारी दिएको हो ।

केन्द्रीय बैंकका अनुसार रु दुई अर्ब २६ करोड बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी मङ्सिर २४ गते परिपक्व हुनेछ ।

यस्तै रु दुई अर्ब बराबरको ट्रेजरी बिल ३६४ दिनका लागि बिक्री गर्न लागिएको छ । सो बिल भदौ २३ गते परिपक्व हुनेछ । बैंकले भदौ १६ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस