अदालतमा दर्ता भएको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अभियोगमा नापी सर्वेक्षक यादवविरुद्ध मुद्दा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अदालतमा दर्ता भएको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अभियोगमा नापी सर्वेक्षक यादवविरुद्ध मुद्दा


२२ भाद्र २०७६, आइतबार


अख्तियार

महोत्तरी  ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्ला अदालतमा कार्यरत नापी सर्वेक्षक मोहन यादवविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । यादवलाई जिल्ला अदालतमा दर्ता भएको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग रु एक लाख ५० हजार घुस लिएको अभियोग लागेको छ ।

जग्गाको किचलो मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा यादवलाई आयोगको टोलीले केही दिन अघि पक्राउ गरेको हो । बिगोअनुसारको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस