घुस लिएको आरोपमा बर्दियाका सहायक वन अधिकृत गुप्ताविरुद्ध मुद्दा « प्रशासन

घुस लिएको आरोपमा बर्दियाका सहायक वन अधिकृत गुप्ताविरुद्ध मुद्दा


प्रकाशित मिति : २२ भाद्र २०७६, आईतवार १९:३६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँसगढी सवडिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत अनिलकुमार गुप्ताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गुप्तालाई उपभोक्ता समितिको काठ मिलमा चिरान सिफारिश गरेबापत सेवाग्राहीसँग रु १० हजार घुस लिएको अभियोग लागेको छ ।

प्रतिक्रिया दिनुहोस