लागुऔषधसहित दुई जना पक्राउ « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

लागुऔषधसहित दुई जना पक्राउ


२२ भाद्र २०७६, आइतबार


pakrau

मध्यपुरथिमि । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीबाट अवैध लागुऔषध र धारिलो हतियारसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थिमिको प्रहरी टोलीले सवारीसाधन जाँचका क्रममा बा ७९ प २७४१ नम्बरको स्कुटरमा आएका दुई जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

पक्राउ पर्नेमा गोर्खाको सिरानचोक–२ स्थाई घर भई हाल भक्तपुरको बालकोट बस्ने २१ वर्षीय सुरथ थापा र २० वर्षीय कविराम पसखल रहेका छन् । उनीहरुको साथबाट लागुऔषध नाइट्रोभेटसहित धारिलो हतियार बरामद भएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस