२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेङ्गु रोग प्रकोपका रुपमा फैलियो, नियन्त्रण गर्न सरकारको ध्यान गएन

अ+ अ-

काठमाडौं । पछिल्लो समय देशका ४८ जिल्लामा भेटिइसकिएको डेङ्गु रोग ‘प्रकोप’का रुपमा फैलिँदै जाँदा रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गम्भीर बन्न नसकेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैककको शून्य समयमा सांसदहरुले रोग नियन्त्रणमा मन्त्रालयको प्रयासका बारेमा मन्त्रीले सदनमा जानकारी दिन निर्देश गर्न सभामुखसित आग्रह गरे । सांसद कृष्णगोपाल श्रेष्ठले आज काठमाडौंको नयाँ सडक निवासी ७६ वर्षीया एक वृद्धाको डेङ्गु रोगका कारण निधन हुनपुगेको जानकारी गराए ।

सांसद डिला सङ्ग्रौलाले देशका ४८ जिल्लामा फैलिएको डेङगु नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय असफल रहेको आरोप लगाउँदै डेङ्गु रोगका बारेमा मन्त्रीले दिएका सार्वजनिक भनाइ आपत्तिजनक रहेको बताए । उनले प्रश्न गरे, ‘डेङ्गु नियन्त्रण गर्ने काम नेपाली सेनाको हो ? के सेना परिचालन गर्न मिल्छ ?’

सांसद पुष्पा भुषालले काठमाडौंमा नै प्रकोपका रुपमा फैलिएको डेङ्गु नियन्त्रण गर्न सरकार असफल बनेको बताइन् । सांसद नरमाया ढकालले काठमाडौँ उपत्यकालगायत देशका अधिकांश जिल्लामा फैलिएको डेङ्गु नियन्त्रण भएका प्रयास बारेमा स्वास्थ्यमन्त्रीले सदनमा जानकारी गराउनुपर्दछ भनिन्  ।

मन्त्रालयका अनुसार पछिल्लो समय सो रोग ४८ जिल्लामा फैलिएको, तीन हजारभन्दा बढी सङ्क्रमित हुन पुगेका र चारजनाको अकालमा मृत्यु भएको तथ्याङ्क रहेको छ । मन्त्रालयले विशेषगरी किटजन्य रोग नियन्त्रण गर्ने पद ‘भेट्रोल कन्ट्रोलर’ खारेज गरेपछि रोग नियन्त्रण गर्न कठिनाई परेको जनाइएको छ ।

आजको शून्य समयमा विद्यालय जान लागिरहेकी १५ वर्षीया छात्रा मुस्कान खातुनमाथि शुक्रबार वीरगञ्जमा भएको आक्रमणको भत्सर्ना गर्दै उनले काठमाडौंस्थित कीर्तिपुरमा उपचारत खातुनलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन र एशिड प्रहार गर्नेमाथि कडा कारवाही गराउन पनि सांसदहरुले सरकारको ध्यानाकर्षणसमेत गराए । सांसद श्रेष्ठ र पार्वती डिसी चौधरीले कीर्तिपुरमा उपचारत् खातुनको निःशुःल्क उपचारको व्यवस्था गर्न माग गरे ।

बैठकमा सांसद टेकबहादुुर बस्नेतले असार मसान्तमा नै खर्च गर्ने प्रवृत्ति कानूनले अन्त्य गरेपनि व्यवहारिकरुपमा अन्त्य नभएकोतर्फ अर्थ मन्त्रालयको ध्यानाकर्षण गराए । अर्का सांसद तेजुलाल चौधरीले धान रोप्ने समयमा तराई/मधेशमा बाढी डुवान भएको यो अहिले सुख्खाग्रस्त भएकाले संघीय सरकारले ध्यान दिन आग्रह गरे ।

सांसद दामोदर भण्डारीले बैतडी जिल्लाका तीन पालिकामध्ये शिवनाथ गाउँपालिकामा हिंस्रक बाघको आतङ्क भएकाले नियन्त्रणको लागि माग गरे । सांसद दिलकुमारीले महिला माथि हुने हिंसा अन्त्य गर्न सरकारले विशेष कार्ययोजना ल्याउन र शुक्रबार वीरगञ्जका किशोरी मुस्कान खातुनमाथि एसिड प्रहार गर्नेलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद देवप्रसाद गुरुङले एनसेलको लाभकरका विषयमा भएको आदेशमाथि सरकारले पुनरावलोकन गर्न माग गरे । अर्का सांसद देवप्रसाद तिमल्सिनाले कृषकले उत्पादन गरेका ऊखुको मूल्य नपाएको चर्चा गर्दै ऊखुको मूल्य नदिने उद्योगमाथि कारवाही गर्न माग गरे ।

सांसद देवेन्द्र पौडेलले उत्तरगङ्गा जलाशय आयोजना कार्यान्वयन गर्न सरकारले पहिलो प्राथमिकता दिन माग गरे । सांसद देवेन्द्रराज कणेलले नवलपरासी जिल्लामा हालै विभत्सरुपमा गाईको मृत्यु भएकोतर्फ ध्यानाकर्षण गराउँदै हत्या गर्नेमाथि कारवाही गर्न माग गरे । अर्का सांसद नवीना लामाले समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदबीच विभेद नगर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद नवराज रावतले सात जिल्लामा डिभिजन वन कार्यालय स्थापना गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याउन माग गरे भने नारायणप्रसाद खतिवडाले पूर्वाधारका काम अति सुस्त हुने तर ठेकेदारलाई भुक्तानी छिटो हुने प्रवृत्ति रोकिनुपर्छ भने । सांसद पद्मनारायण चौधरीले सिरहा र सप्तरीलाई खडेरीग्रस्त घोषणा गर्न, डेङ्गु नियन्त्रणमा ध्यान दिन र उदयपुर र सिरहा जिल्लाको सीमा विवाद अन्त्य गर्न माग गरे ।